कोरोनालाई हार्दिक बधाई सन्दर्भ एसइइ नतिजा

✍ सम्पादक    1 month ago


सबै विद्यालय तह परीक्षा उत्तीर्ण कक्षा १० एसइइ २०७६ मा सहभागी भएका विद्यालयहरुलाई नतिजामा अब्बल हुनु भएकोमा बधाई छ ।

कुनै मापदण्ड नअपनाइकन आफूले चाहे अनुरुपको अकं दिएर सिकाइ र सिप सिकारुमा जस्तो सुकै होस् तर नतिजामा सर्वाेत्कृष्ट हुने अवसर पाएका सबै जिपिए ४ ल्याउन सफल ९३१९ विद्यार्थीसित सम्बन्धित विद्यालय तथा तिनका उत्कृष्ट अभिभावकहरुमा एकमुष्ट बधाई छ ।

नैतिकता के हो । पेसागत इमानदारिता के हो । आफूलाई तोकिएको जिम्मेवारीमा कति जवाफदेही छु । कुनै उत्तरदायी हनु नपर्ने नेपाली सार्वजनिक सेवा पद्धतिलाई उजागर गर्ने विचित्रको समय आएकोमा सबै नेपालीमा नबिर्सिने खालको बधाई छ ।

नेपालको शासन पद्धति जस्तो जतासुकै भ्वाग परेको छ र बेथितिले प्रश्रय पाएको बेलामा नीतिगत भ्रष्टाचार तथा कार्यान्वयनमा मौकामा चौका हान्न नपाएका कक्षाकोठा र शिक्षणमा सक्रिय शिक्षक मित्रहरुले आफूहरु कति इमानदार र नैतिक हुनु हुँदो रहेछ सर्वाग चरित्र देखाउन पाउनु भएकोमा सबै अब्बल कुस्त नतिजा ल्याउने विद्यार्थीका उत्कृष्ट गुरुहरुमा विशेष नमनसाथ हार्दिक बधाई छ।

यो परीक्षणको सुनौलो अवसर नेपाली शिक्षा पद्धतिमा प्रवेश गराउने महान् भगवान स्वरुप कोभिड १९ कोरोना भाइरस महामारीलाई धन्यवाद दिनै पर्दछ । कोभिड १९को महत्ताले नेपालको शिक्षा क्षेत्रको पेसागत हैसियतलाई राम्रोसग उजागर गरिदिएको छ । यो यथार्थतालाई बिर्सिएमा आफूलाई अपराधीका रुपमा उभ्याउन पर्ने हुन्छ । तसर्थ अब्बल दर्जामा सफल विद्यालय विद्यार्थी अभिभावक र कोरोना भाइरसको अमानवीय हरकत र महामारी सबैलाई एकमुष्ट हार्दिक बधाई छ ।

नेपाल सरकार विभागी शिक्षाका मन्त्री तिनका सचिव सहसचिव उपसचिव शाखा अधिकृत लगायत सबै कर्मचारीहरु तथा नेपाल सरकारका सबै सार्वजनिक सेवाका सबै राष्ट्रसेवक मित्रहरुलाई बधाई छ ।

जागीर सरकारी खाने तर निजी विद्यालयमा छोराछोरीको भविष्य देख्ने र पढाउने तथा सामुदायिक विद्यालयहरुलाई राजनीतिको अखडा बनाउने हरिविजोग अवस्था सिर्जना हुँदा पनि २०७६ को एसइइ नतिजाले नेपाल सरकारको शिर ठाडो बनाइ दिएअकोमा नेपाल सरकारलगायत मजस्ता शिक्षाकर्मीलाई मूरी मूरी बधाई छ ।

अन्तमा अवमूल्यन गरेको अर्थमा नलिनु होला र अन्यथा अर्थ लागेमा माफ गर्नु होला । यस वर्ष एसइइमा जे नतिजा आफ्ना सन्तानले प्राप्त गरेका छन् त्यसलाई जीवनभर उपल्ला कक्षाहरुमा निरन्तर कायम गर्न र अझ गुणात्मक बनाउन जोड दिनु होला । अहिले चारैतिरबाट बधाई पाएका बालबालिकाहरुलाई भविष्यमा कुनै चोट नपुगोस् तसर्थ निरन्तर सहयोगी हुन अभिभावक ज्यूहरुमा विशेष अनुरोध छ ।

नेपाली शिक्षा समाज सानो छ । यो वर्ष एसइइ दिने मेरा घर परिवार तथा आफन्तहरुको सख्या पनि मनग्य धेरै नै छ । मेरा आफ्ना सबै बढी उत्साहित बाबु नानु र तिनका अभिभावकहरुमा एकमुष्ट हार्दिक बधाई छ र भावी दिनमा आफ्सना सन्तानले हासिल गरेको यो सफलतालाई देश समाज र घरपरिवारले मनग्य लाभ लिने गरी देशभक्त तथा सक्षम नागिरक बनाउन उर्जामय उत्साह थपिने सबै नेपालीको चाह्ना सादर अनुरोध गरेको छु ।

दे्शको हविगत प्रस्तुतिले कतै चोट पुगेमा माफ गरिदिनु होला ।