मुक्तिनाथले विश्वकै सबैभन्दा लामो यात्रुवाहक केबलकार निर्माण गर्ने, यि – यि ठाँउमा हुनेछ र चढ्ने र ओर्लने व्यबस्था

✍ बिप्लब पोख्रेल    2 years ago

 

काठमाडौँ – मुक्तिनाथ केबलकार प्रा।लिले विश्वकै सबैभन्दा लामो यात्रुवाहक केवलकार निर्माण गर्ने भएको छ । 


त्यसको लागि कम्पनीलाई लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ ।कम्पनीको तर्फबाट निर्देशक शिरोमणि ज्ञवालीले एक बिज्ञप्ति निकाल्दै नेपालको इतिहासमै, नेपाली निजी क्षेत्रको मात्र जारी पूँजी लगानीमा निर्माण हुन लागको सो मुक्तिनाथ केबलकार परियोजनामा आइडिया फर नेपालले पनि लगानी गर्ने सहमति भएको जनाएको छ ।

तदअनुरुप, आइडिया फर नेपाल र मुक्तिनाथ दर्शन प्रा।लिबीच शेयर खरिद बिक्रीको सम्झौतामा हस्ताक्षर पनि भएको छ । सम्झौताअनुसार, कुल जारीपूँजीमध्ये २० प्रतिशत सेयर आईडिया फर नेपाल प्रालिको रहनेछ । कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म निर्माण गर्ने भनिएको उक्त केबलकार ८४।१ किलोमिटर लामो हुनेछ ।

त्यसमा छ वटा अन्तरिम स्टेशनहरु रहने र घोरेपानी, तातोपानी, लेते, कोबाङ, जोमसोम र कागबेनीमा चढ्ने र ओर्लने व्यवस्था गरिनेछ । साथै, बीचमा तिखेढुंगा, घासा र मार्फामा समेत चढ्ने र ओर्लने सुविधा हुनेछ ।रियोजनाको प्रारम्भिक प्रतिवेदन र सम्भाव्यता अध्ययन भइसकेको छ ।को परियोजना लागत त्रिचालीस अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये पन्ध्र प्रतिशत जारी पुँजी ९ईक्विटी० र बाँकी पचासी प्रतिशत कर्जा रहने विज्ञप्तिमा जनाइएको छ ।