असई बनाइदिन्छु भन्दै ७० हजार घुस

✍ बिप्लब पोख्रेल    2 years ago

काठमाडौँ – नेपाल प्रहरीको असइ बनाइदिन्छु भन्दै घुस लिने तारकेश्वर काभ्रेस्थली–२ का नवराज भण्डारी पक्राउ परेका छन् । 


महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काभ्रेस्थलीबाटै पक्राउ गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । भण्डारीले धनुषाका उदयकान्त साहलाई प्रहरीको असइ बनाइदिन्छु भन्दै उनीसँग ७० हजार रुपैयाँ घुस लिएका थिए । साहको उजुरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार साहसँग दुई महिनाअघि ७० हजार घुस लिएका थिए, जुन एडभान्सबापतको रकम थियो । असइमा नाम निस्केपछि चार लाख ३० हजार रुपैयाँ लिने दुई पक्षबीच सहमति थियो । उनीहरुबीच पाँच लाख रुपैयाँको डिल भएको प्रहरीले जनाएको छ । 

 




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल