भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउने

✍ Admin    2 years ago


काठमाडौं– पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो छ । यस्तैमा ‘तेरा घाटा’ गीत गाएर चर्चामा आएका भारतीय गायक गजेन्द्र वर्मा नेपाल आउने भएका छन् । उनी क्रिसमस इभ अर्थात डिसेम्बर २४ मा काठमाडौ स्थित क्लब डेजाभूमा हुने कार्यक्रम ‘गजेन्द्र वर्मा लाइभ इन नेपाल’का लागि नेपाल आउन लागेका हुन् । मेड्ली इभेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा उनलाई नेपाल ल्याउन लागेको हो ।
कभर गायनमार्फत सांगीतिक दुनियाँमा उदाएका गजेन्द्रको तुने मेरे जाना, मे तेरा ही रहु, मेरा जहाँ जहाँ लगायतका गीत लोकप्रिय छन् । 

उनले लाइभ प्रस्तुतिको क्रममा यस्तै गीत संगीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् । ‘क्रिसमस इभलाई रमाइलो बनाउन हामीले पछिल्लो समय नेपालमा खोजिने गायकलाई बोलाएका हौ’ आयोजक मध्यका एक सुमित सिग्देलले भने ‘गजेन्द्रजी पनि नेपाल आउने कुरामा हर्षित हुनुहुन्छ ।’ गजेन्द्रले पनि भिडियो सन्देश पठाउँदै आफु नेपालमा आउन लाग्दा खुसी लागेको बताएका छन् । 

उनी सोमबार नेपाल आउने छन् र काठमाडौंको प्रस्तुति सकेर धरान लाग्नेछन् ।