अब पदावधि सकिनुभन्दा तीन महिनाअघि नै राजदूत सिफारिस गरिने

✍ Admin    2 years ago

काठमाडौ‌ । सरकारले विभिन्न देश तथा नियोगमा राजदूतको पदावधि सकिनुभन्दा तीन महिनाअघि नै अब राजदूत सिफारिस गर्ने भएको छ । 

 


संसदीय सुनुवाइ समितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ निर्देशिका अनुसार राजदूतको सिफारिस प्रक्रिया अगाडि बढ्ने जानकारी दिएका हुन्। सरकारले असार २४ गते राजदूत नियुक्ति सम्बन्धी निर्देशिका पारित गरेको थियो। निर्देशिका अनुसार राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिना अघि नै सिफारिस प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था छ। राजदूत नियुक्तिमा समावेशिताका विषयमा समितिले मन्त्री ज्ञवालीलाई छलफलका लागि बोलाएको थियो। मन्त्री ज्ञवालीले सकभर सरकारले दौत्य सम्बन्ध कायम गरी दूतावास स्थापना भएका देशमा राजदूत खाली नगर्ने सरकारको नीति रहेको बताए। यो खबर आजको गोरखापत्र दैनिकमा छ ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल