नसोधेर जन्माएको भन्दै आमाबाबुलाई मुद्दा

✍ Admin    2 years ago


काठमाडौँ । भारतको एक २७ वर्षीय युवाले आफूलाई किन जन्माएको भन्दै आफ्ना आमा बुबा विरुद्ध मुद्दा दायर गर्ने तयारी थालेका छन्। मुम्बईका व्यवसायी राफेल सामुयलले जीवनभरका लागि विभिन्न दुःख कष्ट झेल्नुपर्ने भएकाले बच्चा जन्माउनु गलत भएको बताए।

उनले कुनै पनि ‘व्यक्ति जन्मिनुअघि उसको सहमति लिन नसकिने स्वीकार गर्छन्। सामुयल ‘आफू जन्मनका लागि कसैले पनि निर्णय नलिने’ दाबी गर्छन्। उनी अनुमतिबिना आफूलाई जन्माएको भन्दै आमाबुबासँग रुष्ट छन्।

‘हामीले आफूलाई जन्माउनका लागि कसैसँग आग्रह नगरेकाले बाँकी जीवन बाँच्नका लागि क्षतिपूर्तिस्वरुप केही रकम दिनैपर्छ,’ उनले भने । सामुयलले आफ्ना आमाबुवालाई निकै माया गर्ने तर उनीहरूले आफ्नो स्वार्थको लागि आफूलाई जन्म दिएको उनको दाबी छ। 
उनले भने, ‘मेरा आफ्ना आमाबुवासँग निकै राम्रो सम्बन्ध छ।

म उनीहरूलाई निकै माया गर्छु। तर उनीहरूले आफ्नो स्वार्थका लागि मलाई जन्माए।’ उनका आमाबुबा दुवै वकिल हुन्।उनले आफू व्यवसायमा संलग्न भएको र जीवनयापन सहजरुपमा चलिरहेको बताए । नयाँ दिल्लीबाट लेखिएको यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल