आज केही ठाउँमा भारी वर्षा हुने

✍ Admin    2 years ago


काठमाडौँ – यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको कारण यस वर्ष हिउँदे वर्षा काठमाडौँलगायत अधिकांश ठाउँमा अघिल्ला केही वर्षभन्दा बढी भएको जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् । 

जनवरी महिनामा काठमाडौँमा हुने १४ दशमलव ४ मिलिमिटरसम्मको वर्षालाई औषत वर्षा मानिएको छ । तर यस वर्ष जनवरीमा मात्रै १९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव शुक्रबार पनि देशभर पर्नेछ । 

शुक्रबार राति पनि केही पहाडी भूभागमा भारी वर्षाको सम्भावना देखिएको छ । 




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल