एक मिनेट पनि ढिला भए विद्यार्थी मात्रै हैन् शिक्षक–शिक्षिका पनि घर फर्काइने स्कुल

✍ Admin    2 years ago


काठमाडौँ । मोरङको जहदा गाउँपालिका-१ स्थित जनता बाल आधारभूत विद्यालयमा शिक्षक–शिक्षिका मात्र होइन, विद्यार्थीलाई पनि ढिलो आए घर फर्काउने नियमै बनाइएको छ। यो नियम सबैले सहज रूपमा मान्दै आएका छन्। १० बजेर ढिलो भइसकेपछि विद्यालय पुग्ने ६० जना विद्यार्थीलाई पनि सहपाठीले फर्काइसकेको प्राचार्य वीरेन्द्रप्रसाद मण्डलले बताए।

विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानसहित शिक्षक र विद्यार्थी समयमा विद्यालय नआउने र आए पनि लगत्तै हिँडिहाल्ने प्रवृत्ति रोक्न दुई महिनादेखि १० बजेर एक मिनेटपछि भए पनि शिक्षक(विद्यार्थीलाई फर्काउने नियम लागू गरिएको प्राचार्य मण्डलले बताए।

हरेक दिन १० बज्न ५ मिनेट बाँकी रहँदा कक्षा ७ र ८ का विद्यार्थी मूलढोकामा बस्छन्। घण्टी लागेपछि आइपुग्ने शिक्षक र विद्यार्थीलाई उनीहरूले फर्काइदिन्छन्। विद्यालयमा ३ सय ६५ जना अध्ययनरत छन्। तीमध्ये २ सय ५८ जना दलित सरबरिया समुदायका छन्।यो खबर आजको कान्तिपुर दैनिकमा छ ।