प्रस्ताव आह्वान नै नगरेका ३२ झोले एनजीओको नाममा एक करोड वितरण

✍ Admin    2 years ago


काठमाडौं । मापदण्ड मिचेर समाज कल्याण परिषद्का पदाधिकारीले ३२ झोले एनजीओलाई एक करोड वितरण गरेका छन् । रकम बाँड्न पदाधिकारीले अनुदान, कार्यविधि नै संशोधन गरेका छन् । ‘प्रस्ताव आह्वान नै नगरी अपारदर्शी ढंगबाट ५० लाख निकासा भयो ।

दोस्रो किस्ता लिन ती एनजीओ सञ्चालकहरु अहिले परिषद् धाइरहेका छन्,’ स्रोतले जानकारी दियो । गत पुुस २७ मा पदाधिकारी बैठकले एनजीओलाई टेबल मनिटनिङ गरी रकम दिने निर्णय ग(यो ।परिषद्का कोषध्यक्ष वीरबहादुर ठगुन्नाले कार्यसञ्चालन समितिबाट निर्णय गराएर अनुदान रकम वितरण गराएका हुन् ।

परिषद् कार्यसञ्चालन समितिमा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री, उपाध्यक्ष कोषाध्यक्ष र सदस्यसचिव रहने व्यवस्था छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

रकम पाउने संस्था

सम्वृद्धि मञ्च कालिकोट :३ लाख

बहुउद्देश्यीय अनुसन्धान केन्द्र नेपाल :२ लाख ५० हजार

राष्ट्रिय शारीरिक अपांग संघ, ललितपुर :२ लाख ५० हजार

एकीकरण नेपाल गोरखा :२ लाख ५० हजार

किताबी चरो काठमाडौं :३ लाख

एपी थेरापी काठमाडौं :३ लाख

भिजन नेपाल सिन्धुली :२ लाख ५० हजार

दुर्गा दशरथ स्मृति प्रतिष्ठान म्याग्दी :२ लाख ५० हजार

हिल नेपाल काठमाडौं :३ लाख

महिला मानव जागरण झापा :३ लाख

गतिशील जनचेतना अभियान गुल्मी :३ लाख

असल शासन क्लब, दार्चुला :३ लाख

म्यादी मगर समाज काठमाडौं :४ लाख ५० हजार

नव प्रतिभा समूह कैलाली :३ लाख ५० हजार

सोलुखुम्बु फाउन्डेसन सोलुखुम्बु :३ लाख

महिला सशक्तिकरण समाज कञ्चनपुर :३ लाख ५० हजार

परिवर्तन समाज नेपाल डोटी :४ लाख

महिला उत्थान समाज कैलाली :३ लाख ५० हजार

महिला मुक्ति मञ्च डलेलधुरा :३ लाख

पुकार अपांग अशक्त समाज झापा :२ लाख ५० हजार

जनहित कल्याण मञ्च महोत्तरी :२ लाख ५० हजार

शक्ति समाज काठमाडौं :२ लाख २५ हजार

मानव अधिकार विकास समाज, सिरहा :४ लाख

दलित सेवा संघ सिन्धुली :३ लाख

क्यान्सर समाज नेपाल, काठमाडौं :३ लाख

जनसेवा उत्थान मञ्च धनुषा :२ लाख ५० हजार

जीतबहादुर साहित्य प्रतिष्ठान, काठमाडौं :३ लाख ५० हजार

नारी उत्थान केन्द्र कञ्चनपुर :५ लाख

समृद्ध कर्णाली अभियान हुम्ला :३ लाख

बन्धु मिलन युवा समाज बझाङ :३ लाख

महिला सशक्तिकरण केन्द्र गोर्खा :३ लाख

समृद्ध नेपाल काठमाडौं :२ लाख




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल