रौतहट प्रहरीद्वारा मोटरसाईकलसहित ३ जना पक्राउ

✍ बिप्लब पोख्रेल    2 years ago


 जिल्ला प्रहरी कार्यालय रौतहटले सोमवार ३ जना मोटरसाईकल चोरलाई सार्वजनिक गरेको छ । मंगलवार प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी मोटरसाईकलसहित चोरहरुलाई सार्वजनिक गरेको हो ।
चोरीको आरोपमा पक्राउ पर्नेहरुमा बारा सिम्रोनगढ नगरपालिका १ का बर्ष २८ का उमेश कुमार, भारत विहार पूर्वीचम्पारण खुरहिया गाउ घर भएका २१ वर्षीय सरोज कुश्वाहा र सोही ठाउँ बस्ने २२ वर्षीय आर्दश कुश्वाहा रहेका छन् ।

गौरस्थित सरकारी कार्यालयमा आएका शेवाग्राहीको २२० सिसीको नेपाली नम्बरको पल्सर मोटरसाइकल चोरेर भाग्दै गरेका २ भारतीयलाई प्रहरी पक्राउ गरेको थियो । प्रहरी निरीक्षक उदयमान दुवेद्धी नेतृत्वको टोलीले गौर नपा १ बाट उनीहरुलाई पक्राउ गरिएको एसपी केदार ढकालले जानकारी दिए । 

त्यसैगरी गौरबाटै भारतीय नम्बरको मोटरसाईकल चोरी गर्ने बारा सिम्रौनगढका उमेश कुमार पनि पक्राउ परेका छन् । उनलाई सो मोटरसाइकलको नम्बर परिवर्तन गरी पुन.ं चोरी गर्न आएकै अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ तीनै जनामाथि थप अनुसन्धान सुरु भएको एसपी ढकालले जानकारी दिए । 

उनीहरुले चोरी गरेका बा४०प ४५७६ नम्बरको २२० पल्सर, बिआर ३० एम २२२ नम्बरको गलेमर मोटरसाईकल सार्वजनिक गरिएको छ ।