सगरमाथाको नयाँ उचाइ एक वर्षभित्रै

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौं– सगरमाथाको नयाँ उचाइको निर्क्याेल अब एक वर्षपछिमात्रै हुने भएको छ । राजधानी दैनिकमा खबर छ । 

भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ हुनसक्ने अनुमान गर्दै सरकारले पहिलोपटक नयाँ उचाइ मापन कार्य अघि बढाइरहेको छ । 

नेपाल आफैंले पहिलोपटक नाप्न थालेको सगरमाथा उचाइ मापन कार्य सम्पन्न हुन अझै ११ महिना लाग्ने नापी विभागले जनाएको छ । 

विभागको सक्रियतामा २०७४ फागुनदेखि सगरमाथाको उचाइ मापन कार्य सुरु गरिएको थियो ।