बीएस राणाको उपचारको क्रममा निधन

✍ बिप्लब पोख्रेल    2 years ago


नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । केही समयदेखि बिरामी उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो ।

राणाको ७८ बर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो ।  उनले अभिनय गरेको पहिलो चलचित्र ‘अन्याय’ हो । वि.सं २०४१ सालमा बनेको यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए ।