नेपालले भोलिदेखि टी २० सिरिज खेल्दै, टिममा आंशिक परिवर्तन गरिने

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडाैं । ऐतिहासिक एकदिवसिय सिरिज दुई एकले जितेको नेपाली क्रिकेट टिमले भोलि देखि टी २० सिरिज खेल्ने भएको छ ।

ओडिआईसँगै टी २० पनि खेल्ने नेपालले टी २० सिरिजमा पनि जित हासिलका लागि तयारी तीव्र बनाएको छ । एकदिवसिय सिरिज जितेका कारण उच्च मनोबलमा रहेको नेपाली क्रिकेट टिम टि २० मा पनि उपाधि जित्ने लक्ष्य राखेको छ । तर, सिरिज नेपालका लागि भने सहज छैन । यूएईका ब्याट्सम्यान ठूलो सर्ट खेल्न माहिर छन् ।

पछिल्लो पटक घरेलु प्रतियोगिताहरुमा पनि टि २० फरम्याटमा बढि अभ्यस्त भएको नेपाली टिमले एकदिवसिय टिममा भन्दा यो सिरिजमा केहि परिवर्तन गर्न सक्ने बुझिएको छ ।