नेपालले टस जितेर फिल्डिङ गर्दै, सन्दीप जोराको ‘डेब्यु’

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौँ — नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको तेस्रो एकदिवसीय खेलमा टस जितेर बलिङ रोजेको छ । शृंखला १/१ को बराबरीमा रहेको छ । 

नेपालले पहिलो खेलमा ११३ रन मात्रै बनाउन सकेपछि ३ विकेटको पराजय भोगेको थियो ।दोस्रो खेलमा नेपालले २४२ रन बनाउँदै १४५ रनको प्रभावशाली विजय हात पारेको थियो ।आज हुने खेल विजय हात पारेमा नेपालले शृंखला २-१ ले आफ्नो पक्षमा पार्ने छ ।
नेपालले सन्दीप जोरालाई डेब्यु गर्ने मौका दिएको छ । पहिलोपटक राष्ट्रिय टोलीमा परेका जोरालाई पवन सर्राफको स्थानमा खेलाइएको छ ।
अलराउन्डर भए पनि पवनले पहिलो दुई खेलमा ब्याटिङ मात्रै गर्न पाएका थिए । पवन अफ स्पिनर पनि हुन् ।
घाँसे विकेट भएका कारण टोलीमै रहेका देब्रेहाते स्पिनर ललितनारायण राजवंशीले पनि बलिङमा कमै मौका पाएका छन् ।