प्रगतिशिल नेपाल स्वतन्त्र टे«ड युनियन महासँग (पिकोष्ट) को केन्द्रीय सदस्य

✍ बिप्लब पोख्रेल    2 years ago


अबिशेक जी तपाइले श्रमिकका हक हित र कल्याणका मुद्दा उठाउने संस्थाको पदाधिकारी हुँ भन्नु भयो आफ्नो युनियनको संक्षिप्त परिचय दिनु पर्दा कसरी चिनाउनु हुन्छ ?

प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासँघ (पिकोष्ट) यो संगठन मजदुरको हक हितको पक्षमा निरन्तर लड्दै आएको एक मात्र सगठन हो । २०७५ असारमा यसको राष्ट्रिय सम्मेलन पश्चात हामी मजदुरका विभिन्न समस्याहरुलाई बुलन्द गर्ने कार्यमा सक्रिय भएर लागि राखेका छौं ।

श्रम ऐन २०७४ संशोधन हनुपर्ने करा उठाएर माननीय श्रम मन्त्री तथा सरोकारवाला समक्ष ज्ञापनपत्र बुझाएको अवस्था पनि देखियो यो आन्दोलन किन र कसकसको सहभागितामा हदैछ ।

 तत्कालिन अवस्थामा सरकारले मजदुरहरुको सेवा सुविधा वृद्धि गर्ने कुरा ग¥यो तर ती सेवा सुविधाले अहिलेको अवस्थामा देखिदैन । विभिन्न पार्टी सँग आवद्ध केहि मजदुर संगठनका नेता र सरकार मिलेर मजदरहरुको (न्यूनतम मासिक १३४५०।– र दैनिकी ५१७ ) ले मजदुरको दैनिकी जीवन यापन गर्न गाह्रो हुने भएको कारण मासिक रु २५०००।– दैनिकी रु १००० हुनु पर्ने भनेर विशेष ४ ओटा मजदर संगठन

 प्रगतिशिल नेपाल स्वतन्त्र टे«ड युनियन यहाँ संग (पिकोष्ट)
 अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महाँ सँग
 क्रान्तिकारी टे«ड युनियन महासंघ नेपाल
 अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लगायतका टे«डयुनियनहरु मिलेर आन्दोलन गरेको कुरा यहाँहरुलाई सर्व विदितनै छ ।

हाम्रो मागहरु भनि ३५ बँदामा विभिन्न माग उठाउँदा एक आपसमा वाझ्ने वा परस्पर विरोध हुने कुराहरु पनि आएका छन् जस्तै
वुँदा ५ मा के भन्न खोजिएको हो ?
बँदा २ र ६ लाई सँगै कसरी हिड्न र हिडाउन सकिएला ?
बँदा १६ को प्रथा नै अस्वीकार गर्ने भए बुँदा ३४ को निरन्तरता किन ?

राम्रो प्रश्न उठाउनु भयो राज्यले विभिन्न सरोकारवाला बिच छलफल गराउँदा गराउँदा खेरी सत्तापक्षका २ ओटा टे«ड युनियन र प्रतिपक्षका १ ओटा टे«ड युनियन लाइ मात्रै विभिन्न छलफल र जे यू सी सी जस्ता संस्था बनाएरु मजदरहरुको पक्षमा लड्ने टे«ड युनियनहरुलाई बेवास्ता गरेको छ । हाम्रो भनाइ कहाँ निर हो भने मजदुरको हक अधिकार प्राप्तीको आन्दोलनमा लागेका सधेै मजदुर संगठनहरुलाई त्यस्ता सर्व पक्ष्य सरोकारवालाको मेलामा बैठकमा बोलाउनु पर्दछ र सिन्डीकेट लागु हुनु हुँदैन भन्ने हो ।

हाल देशमा मजदुर आन्दोलन र मजदुरहरु पनि आफ्नो बर्गिय दृष्टिकोणबाट परिपक्क नभइ सकेको अवस्थामा नो रिस्क नो पे जस्ता कानूनहरुलाई अहिलेनै लागु गर्ने अवस्था छैन ।

जनताकै लागि मजदुुुुुुरहरुको बिचमा स्थापित भएर काम गर्दै आएको दावी गर्ने टे«ड युनियनहरुलाई कठपुतली र श्रमिक विरोधि भन्नु देशकाल परिस्थिति विपरित सुखी नेपाली समृद्ध नेपालको सपना साकार हुन नदिने षडयन्त्र भन्दा के होला ?
मजदुर संगठनबाट स्थापित भएर सत्तामा पुगेका टे«ड युनियन लिडरले बर्गिय दृष्टिकोण मार्फत काम गरेको देखिदैन । यिनीहरु चाहि भेडाको बथानमा भेडा कै रुपमा धारण गरिरहेको बुख्याचा जस्तै भएको देखिन्छ बुख्याचाले भेडाको संरक्षण गर्न सक्दैन त्यसैले अहिले मजदुरको हविगत यस्तो भएको हो सुखि नेपाली समृद्ध नेपाल सपना साकार हुन नदिने षडयन्त्र हो कि भन्न खोज्नु भयो यदी सुखि नेपाली मजदुर समृद्ध नेपाल बनाउने चाहाना हुन्थ्यो भने अहिलेको वर्तमान अवस्थालाई हेर्दा छरलङ्ग हुन्छ । यो मजदुरको अवस्था अहिले जस्तो छ यसलाई उजागर गर्नु हाम्रो कर्तव्य हो । कुनै षडयन्त्र होइन ।

सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको सन्दर्भमा तपाइहरुले उठाएका धेरै कुराहरु समेटिदैन र
अहिले सरकारले केहि सामाजिक सरक्षा अन्तरगत ल्याएको कार्यक्रम यस्तो छ । एउटा बच्चालाई चकलेट देखाएर भुलाउन खोजको जस्तै छ । किनकी हालको अवस्था सम्म आफैले गरेको निर्णय तपाइ हामी कहाँ लागु भएको देखिन्छ र हामीले यी सामाजिक सुरक्षा अन्तरगत लाएको योजना पूर्णत छैन तर ती केहि कनिके योजना भए पनि लागु गर्न फेरि हामीले आन्दोलन गर्नु पर्ने अवस्था देखिन्छ र यो कार्यको लागि संगठन भित्र र वाहिर छलफल गरिरहेका छौं ।

जति धेरै उत्पादन त्यति धेरै पारिश्रमिक र सेवा सुविधा भन्ने सिद्धान्त विपरित वन्द हडताल अधिकार खोज्दा रोजगारी नै संकटमा परेको भन्ने यथार्थता तर्फ तपाइहरुको ध्यान कहिले जाला ?

यो विषयमा मैले धेरै नबोली किन छोटोमा भन्दछु यदि अतिरिक्त मुल्यको सिद्धान्त अपनाउने हो भने न रोजगारी दाता न रोजगार कुनै समस्या आउँदैन । कुनै संकट पर्ने देखिदैन ।

अन्तमा सबै मिलेर देशलाई सुखी समृद्ध कसरी बनाउन सकिएला आरोप रहित भएर आफ्ना भनाइ राख्नुहोस् ?

देश खुशी हुन पहिले जनता खुशी हुनुपर्यो । जनता खुशी हुन हुने खाने र हँुदा खाने विच समानता हुुनुपर्दछ । गाँस बाँस स्वास्थ्य शिक्षा रोजगार सहित स्वतन्त्रता पूर्वक बाँच्न नेपाली नागरिकले पाउनु प¥यो । यस्ता कुरा हुनलाई हामी सबै मिलेर लाग्नुपर्छ । अनिमात्र देशलाई खुसी र समृद्ध बनाउन सकिन्छ ।

जाँदा जादै पलपलको अनलाइन मिडियालाई धेरै धन्यवाद । हाम्रो बास्तविक आवाज नेपाली जनता समक्ष राख्ने समय र अवसर दिनु भएकोलागि धेरै धेरै धन्यवाद ।

प्रगतिशिल नेपाल स्वतन्त्र टे«ड युनियम महासँग (पिकोष्ट)
को केन्द्रीय सदस्य तथा निर्माण विभाग अध्यक्ष अविशेक कोइराला विप्लव पोख्रेलसँग कुराकानि