आजदेखि सहिद सप्ताह : शुक्रराज शास्त्रीको पूर्णकदको सालिक अनावरण

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौं– राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा आजदेखि सहिद सप्ताह मनाइँदैछ । काठमाडौं महानगरपालिकाको संयोजनमा आजदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाइने छ । 

पहिलो दिन बिहीबार टेकुको पचलीमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरी सप्ताहको सुरु भएको छ । नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको बोटमा शुक्रराजलाई झुण्ड्याएर हत्या गरिएको थियो ।

त्यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।

थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार प्रसार गरेको आरोपमा वि.सं. १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । तर, नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।

यसैवीच शहिद सप्ताहको पहिलो दिन टेकुस्थित शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा निर्माण भएको पूर्णकदको सालिकको कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अनावरण गरेका छन् ।