रेल किन्ने प्रक्रिया अघि बढ्यो, पानीजहाजका लागि कार्यालय स्थापना हुँदै

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौं । सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको सरकारका प्रवक्ता एव संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बा“स्कोटाले जानकारी दिएका छन् । विहीबार आयोजित एक पत्रकार सम्मेलनमा मन्त्रिपरिषदको गत पुस २९ गते बसेको बैठकको निर्णय सार्वजनीक गरेको हो ।

बैठकले रेल खरिद प्रक्रिया अगाडि बढाउन भौतिक योजना तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।

यसैगरी बैठकले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको बताउँदै उनले अब साच्चैको रेल चल्न लागेको बताए ।जसका लागि दरबन्दी तेरिज स्वीकृत गरिएको छ ।यो कार्यालय को सुरुवातसँगै नेपालमा पानीजहाज सञ्चालनको औपचारिक सुरुवात हुने छ ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल