तयार भयो २०७६ सालको पात्रो :२१ गते विजयादशमी ,१२ गते भाइटीका

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौं – पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो ।

पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि परेको छ ।
पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ ।

तिहार कातिक १० गतेदेखि शुरु हुने भएको छ । १० गते लक्ष्मीपुजा, ११ गते गोवर्धन र म्ह पुजा र १२ गते भाइटीका रहेको पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

कातिक १६ गते छठ परेको छ । बैशाख २१ गते मातातीर्थ औशी, २४ गते अक्षय तृतीया, जेठ ४ गते बुद्धजयन्ती, साउन २० गते, नागपञ्चमी ३० गते र जनैपुर्णिमा भदौ ५ गते परेको छ ।

आगामी वर्ष भदौ ६ गते कृष्ण जन्माष्टमी र सुदुरपश्चिममा मनाइने गौरा पर्व एकै दिन परेको छ । तर सुदुरपश्चिमका मानशखण्ड पञ्चाङग निर्णायक समितिले भदौ २० गते गौरापर्व उल्लेख गरेर पात्रो सार्वजनिक गरेको समितिले जनाएको छ ।आगामी वर्ष ३० दिन विवाहको साइत रहेका छन् । ब्रतबन्धको साइत १२ दिन रहेको छ । अधिकांश विवाह हुने महिनामा धेरै साइत रहेको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

गृह मन्त्रालयले विदाको सूचना जारी नगरेपनि निर्णायक समितिले माघ १७ गते पात्रो सार्वजनिक गर्ने गरी विभिन्न १३ संस्थालाई छपाई स्विकृति दिएको छ ।आजको नेपाल समाचारपत्रमा समाचार छ ।