सरकारले सार्वजनिक गरेको मर्यादाक्रममा जनप्रतिनिधि हाबी

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौँ – सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा जनप्रतिनिधि हाबी भएका छन् । 

कर्मचारीमा पनि मर्यादाक्रम थपघट गरिएको छ । तेस्रो नम्बरसम्म (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) पुरानै मर्यादाक्रमलाई निरन्तरता दिइएको छ । चौथो नम्बरबाट भने परिवर्तन गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रधानन्यायाधीशसँगै सभामुख र अध्यक्ष

सरकारले पाँचौँ मर्यादाक्रममा रहेका प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई चौथोमा ल्याएको छ । यसअघि चौथोमा प्रधानन्यायाधीश रहँदै आएकोमा अब सभामुख र अध्यक्षलाई पनि समेटिएको छ । 

मुख्यसचिवभन्दा प्रदेश सभामुख अगाडि

प्रदेश सभामुखलाई आठौँ नम्बरमा राखिएको छ भने मुख्यसचिवलाई नवौँ नम्बरमै यथावत् राखिएको छ ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल