५ बर्षपछि अभिनेता इमरानका छोरा क्यान्सरमुक्त

✍ बिप्लब पोख्रेल    2 years ago


चर्चित भारतीय अभिनेता इमरान हाशमीको लागि २०१९ अविस्मरणीय बनेको छ । करिब ५ बर्षदेखि क्यान्सरसँग संघर्ष गरिरहेका इमरान हस्मिले आफ्नो ९ वर्षीय छोरा क्यान्सरमुक्त भएको जनाएका छन् ।

आफुलाई एक भाग्यमानी पिता भएको भन्दै उनले सबैको माया र आशिर्वादले आज छोरा ५ बर्षपछि क्यान्सरमुक्त भएको बताएका छन् । इमरान र उनकी पत्नी परभिना साहनिको पहिलो सन्तानको रुपमा जन्मेको छोरा २०१३ मा पहिलो स्टेजको क्यान्सरले ग्रसित भएका थिए ।