वाइडबडी प्रकरणमा शेरबहादुर देउवाकाे संलग्नता बारे छानबिन गर्न रामचन्द्र पाैडेलकाे माग

✍ बिप्लब पोख्रेल    2 years ago


आफ्ना नेताका नाममा रहेका अस्पताललाई सरकारले विघटन गर्न खाजेको आरोप लगाउँदै निर्णय नसच्याए कठोर आन्दोलन गर्ने कांग्रेस नेताहरुले सरकारलाई चेतावनी दिएका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएका हुन् । 

उनले तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला स्वास्थ्य स्वासप्रस्वास केन्द्र र बाँकेमा रहेको सुशील कोइराला क्यान्सर अस्पताललाई सरकारले विघटन गर्न लागेको आरोप लगाए । नेता पौडेलले सो निर्णय नसच्याए सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने पनि चेतावनी दिए ।

स्वास्थ्य मन्त्रालयबाट संघीय सरकार अन्तर्गत रहने ११ वटा अस्पतालको नाम सिफारिस गरेकामा गत मन्त्रिपरिषद्को निर्णयले सो दुई वटा अस्पतालको नाम हटाएर ९ वटाको नाम अनुमोदन गरेको थियो । 

नेता पौडेलले चालू अवस्थामा रहेका दुई वटा अस्पताललाई सरकारले विघटन गर्न लागेको र यसलाई गम्भिर रुपमा लिएको बताए । उनले सरकारले प्रतिपक्षलाई पेलेर जान खाजे कठोर कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिए ।  

वाइडबडी प्रकरणमा देउवाकाे सम्लग्नता बारे छानवीन गर्न पाैडेलकाे माग

नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा वाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे/नरहेको छानवीन गर्न सरकारसँग माग गरेका छन् । उनले सभापति देउवाले आफू सो प्रकरणमा संलग्न नरहेको जवाफ दिइसकेको पनि राज्यले छानवीन गरी सो सम्बन्धमा तथ्यतथ्य पत्ता लगाउन माग गरे । उनले छानवीन समितिले वाइडबडी प्रकरणबारे यथार्थ कुरा बाहिर ल्याउनुपर्ने बताए ।