बर्षा र संजोग भ्यालेन्टाइन डेमा बिहे गर्दै, सपिङको लागि मुम्बईमा

✍ Admin    2 years ago


लामो समयदेखि प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् ।

नायिका राउतले बिहेको निमन्त्रणा कार्डमा सार्वजनिक गर्दै आर्शिवाद दिनका लागि आग्रह गरेकी छिन् । उनले सार्वजनिक गरेको कार्डमा लेखिएको छ–‘प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हामी बिहे गर्दैछौ ।’

बर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शिवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ । नायिका बर्षा राउत र नायक संजोग कोइरालाको प्रेम चलचित्र क्षेत्रमा मात्र नभएर उनीहरुको फ्यानमाझ पनि चर्चित छ ।  वर्षा र संजोग बिहेको सपिङको लागि यति बेला मुम्बई पुगेका छन् ।