कोसी, गण्डकी र महाकालीमा भारतले नेपाललाई क्षतिपूर्ति दिन मानेन

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौं । कोसी, गण्डकी र महाकाली नदीमा एकलौटी संरचना बनाएको भारतले नेपाललाई क्षतिपूर्ति दिन अस्वीकार गरेको छ।

सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी दिन भारतले अनेक प्राविधिक बहाना झिकी पुरानै आलटाललाई निरन्तरता दिएको छ। नेपाल र भारतबीच छ वर्षपछि जलस्रोत सचिव स्तरीय संयुक्त समिति (जेसिडब्लुआर) बैठक गत शुक्रबार राति नयाँ दिल्लीमा सम्पन्न भयो।

बैठकमा जलस्रोतसम्बन्धी नेपालका अधिकांश प्रस्ताव र आग्रह भारतले अस्वीकार गरेको छ। नेपालले पाउनुपर्ने क्षतिपूर्ति र नेपालको हक लाग्ने पानीसम्बन्धी मुद्दामा सहमति हुन नसकेपछि वार्ता विफल भएको छ।

भारतीय पक्षले पुराना अडान दोहोर्याएको र नयाँ सहमति तथा निर्णय गर्न नमानेकाले बैठक उपलब्धिमुलक हुन सकेन। याे समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।