अर्किड कप हुने

✍ बिप्लब पोख्रेल    2 years ago


अर्किड स्कुलको आयोजनामा चौथो अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगिता माघ २९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ३२ ब्वाइज टिमको सहभागिता रहने अर्किडका संस्थापक अध्यक्ष प्रेमकुमार भुजेलले जनाएका छन् । शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । सेभेन ए साइडको साताव्यापी नकआउट प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजक अर्किडकै मैदानमा हुनेछ । नेक्सस् डिफेन्डिङ च्याम्पियन हो ।