शेयर परिसूचक नेप्से घट्यो, खरिदकर्ता न्यून

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौँ । आइतबार शेयर बजारमा परिसूचक नेप्सेमा घटेको छ । पुष मसान्तको प्रभावका कारण लगानीकर्ताको चहलपहल घटेपछि परिसूचक दवावमा परेको हो ।

शेयर बजारमा खरिदकर्ताको उपस्थिति कम हुँदै जाँदा परिसूचक नेप्से दवावमा परेको छ । जसले गर्दा आइतबार नेप्से घटेको छ । नेप्से ५ दशमलव सात आठ अंकले घटेर १ हजार १ ७५ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । खरिदकर्ताको दबाब नदेखिएपनि ३७ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएपछि स्थिर जस्तै रहेको शेयर बजारमा पुष मसान्तको प्रभाव परेको छ । यो समयमा करिब ८० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट सरकारी ढुकुटीमा जाने भएकाले बैंकहरुले कर्जा तथा लगानी रोकेका छन् । बैंकबाट शेयर धितोकर्जा लिई शेयरमा लगानी गर्ने लगानीकर्ताले बैंकलाई ब्याज तथा साँवा भुक्तानी गर्ने समय भएकाले पनि नेप्से दबाबमा देखिएको हो ।

अर्कोतर्फ कम्पनीहरुले लाभांश घोषणाका कारण बजारमा आउनसक्ने उच्च दवावलाई भने रोकेको छ । जसले गर्दा नेप्से सामान्य घटेको छ ।