डोटीमा बस दुर्घटना, १ को मृत्यु, २८ घाइते

✍ प्रदिप ढकाल    11 months ago

डोटी — जिल्लाको शिखर नगरपालिका २ गेरुपानीमा बस दुर्घटना भएको छ । प्रहरीको प्रारम्भिक जानकारी अनुसार १ को मृत्यु र २८ जनाभन्दा बढी घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन सकेको छैन ।


महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको यात्रुबाहक ना ७ ख ६१८१ नम्बरको बस शनिबार बिहान पौने ५ बजे सडकबाट तल खसेको प्रहरी उपरीक्षक दिलिप सिं देउवाले जानकारी दिएका छन् । घाइतेहरुलाई उद्धार गरी दिपायलस्थित विभिन्न अस्पतालमा पठाइएको छ ।