यी हुन् आत्महत्या न्यूनीकरणका उपाय

✍ sudarshan sharma    1 year ago

नेपालमा आत्महत्याको तथ्यांक भयावह देखिन्छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/७५ मा पाँच हजार तीन सय ४६ जनाले आत्महत्या गरेको देखिन्छ । आर्थिक वर्ष ०७३/०७४ मा यो संख्या पाँच हजार एक सय ३१ थियो । आत्महत्याका घटना वृद्धि भइरहेकाले न्यूनीकरणका लागि हामी सबै सचेत हुन जरुरी छ ।


कारण

 

  • चरम आर्थिक नोक्सानी, असफल प्रेमजस्ता कारणले मानिसले आत्माहत्या गर्ने गर्छन् ।
  •  प्रायः उदास र निराशावादी भावनाका कारण मानिसले आत्महत्या रोज्छन् । आत्महत्या गर्ने समयमा मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प देखेको हुँदैन ।
  •  अत्यधिक रिसका कारण पनि मानिसले आत्महत्या गर्ने गर्छन् । सहन नसक्ने घटना, गम्भीर रोग, अपमानबोधका कारण पनि मानिसले आत्महत्याको बाटो रोज्ने गर्छन् ।
  •  कतिपय आत्महत्या वंशाणुगत कारणले पनि हुने गर्छ ।
  •  काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुव्र्यवहारको सामनाका कारण पनि मानिस आत्महत्याको निर्णयमा पुग्छ ।

 

 

 

लक्षण 

  • अत्यन्तै धेरै वा कमसुत्ने हुन्छन् ।
  • यस्तो मानिस चिन्तित र उत्तेजित हुन्छन् ।
  • आत्महत्याबारे सोचेको मानिस अत्यन्त निराशाजनक हुन्छ र हरेक क्षण एक्लोपनकोमहसुस गर्छ ।
  • सामाजिक कार्यमा सहभागी हुन नचाहने वा नहुने, कोहीसँग बोल्न आवश्यक नठान्नेजस्ता लक्षण पनि देखाउने गर्छन् ।

 

यस्ता मानिसले स्वयंलाई हानि गर्ने विधि पनि खोजिगरिरहेका हुन्छन् ।अनुसन्धान
विश्व स्वास्थ्य संगठनको तथ्यांकले पुरुषमा ४५ र महिलामा ५५ वर्षपछि आत्महत्याको सम्भावना बढ्ने गरेको देखाउँछ । आत्महत्या गर्नुको कारण किटान त गर्न सकिदैँन, तर अनुसन्धानले मानसिक रोगका कारण ९० प्रतिशतले आत्महत्या गर्ने गरेको देखाउँछ । डिप्रेसन आत्महत्या गर्न सघाउ पु¥याउने प्रमुख मानसिक रोग हो । त्यस्तै, बाइपोलार डिसअर्डर, सिजोफ्रेनियाजस्ता मानसिक रोग पनि आत्महत्याको कारण बन्छन् ।

रोकथाम 

  • विशेषगरी परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक हुन्छ ।
  • यस्ता व्यक्तिलाई नियमित योग, ध्यान, प्राणायाम गराउनुपर्छ । ध्यानले नकारात्मक विचारबाट प्रभावित हुनबाट जोगाउनुका साथै जिउने कलाको विकास गराउँछ । यस्ता प्रकारका मानिसलाई लागुपदार्थ र मद्यपानको लतमा फसेको धए तत्काल मुक्त गर्नप्रयास गर्नुपर्छ ।
  • आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य हो । सामान्यतया आत्महत्याको लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित मनावबैज्ञानिक परामर्श दिनुपर्छ । त्यति गर्दा पनि जीवनशैलीमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिईउपचार गर्नुपर्छ ।
  • आत्महत्या रोकथामका लागिग्रामीण तहसम्म गएर अभिमुखीकरण कार्यक्रम गर्नुपर्छ ।