डार्क सर्कल हटाउन के गर्ने ?

✍ sudarshan sharma    11 months ago

निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा कालो घेरा (डार्क सर्कल) देखापर्छ, जसले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ । केही खानेकुरा खाँदा मात्र पनि डार्क सर्कलबाट बच्न सकिन्छ । खासगरी, भिटामिनको कारणले आँखावरिपरि डार्क सर्कल देखापर्ने गर्छ ।


  • भिटामिन ए युक्त खानेकुरा, जस्तैः फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानुपर्छ । यसले छालाको रिपेयरिङ र टाइटानिङमा मद्दत गर्छ ।  भिटामिन सीले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्छ, जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ । अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउजस्ता भिटामिन केयुक्त खानेकुराको सेवनले डार्क सर्कल कम गर्छ ।
  • आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।
  • कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । यसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ ।
  • सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हराएर जान्छ । भिटामिन ई क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत कालो घेरा आउने समस्याबाट राहत पाउन सकिन्छ ।