बिपी स्वास्थ्य प्रतिष्ठानका डाक्टरकाे कमिसन माेह

✍ सम्पादक    11 months ago

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नेपालकाे मात्र नभएर दक्षिण एयिसाकै प्रतिष्ठित एवं विशेषज्ञ चिकित्सकयुक्त नमुना अस्पताल मानिन्छ । तर, के गर्नु यही प्रतिष्ठानका केही चिकित्सककाे कमिसन माेहले बिरामीलाई प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न पनि  सिफारिस पाइरहेकाे रहस्य खुलेको छ ।

औषधि व्यवस्था विभाग विराटनगरबाट शुक्रबार प्रतिष्ठान अासपासका औषधि पसलहरूमा अनुगमन गर्दा डेढ सयभन्दा बढी प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण हुने गरेको देखिएको छ। प्रतिबन्धित फुड सप्लिमेन्टहरू जफत गर्न खोज्दा औषधि बिक्रेताले प्रतिष्ठानका डाक्टरले नै सिफारिस गरेको प्नेसक्रिप्सन अनुसार अाैषधी बिक्री भएकाेले जफत नगर्न अवरोध पुराएकाे पाइयाे । अध्ययनमा विभागका प्रमुख सञ्जीव शर्मा कट्टेललले दावी गरे प्रतिष्ठानका डाक्टरहरूले नै बिरामीको पुर्जामा प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको पाइएको छ ।

एक प्रेस्क्रिप्सनमा सातवटा औषधि र फुड सप्लिमेन्ट सेवन गर्न विरामलीलार्इ डाक्टरले सुझाएका छन् । ती सातमध्ये दुईवटा मात्र औषधि हुन् र  बाँकी पाँचवटा खाद्य पूरक सामग्री (फुड सप्लिमेन्ट) नेपालमा प्रतिबन्धित हुन् । स्वास्थ्य जस्ताे संवेदनशील विषयमा लापर्वाही हुँदा सबै चकित छन् । ‘यहाँ त ठूलो विकृति भएको पायौं, डाक्टरले नै प्रतिबन्धित फुड सप्लिमेन्ट बिरामीलाई किनाउने रहेछन,’ कट्टेलले भने, ‘डाक्टरले किन्न भनेका ती फुड सप्लिमेन्ट विभागमा दर्ता भएका छैनन र गुणस्तर परीक्षण पनि भएको छैन। यो त चरम लापरवाही हो ।’

औषधि व्यवस्था विभाग विराटनगरका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहिरका मेडिकल पसलहरूमा एक सय ६० देखि एक सय ८० प्रकारका प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण भइरहेको पाइएको छ । बिक्रेताका अनुसार ती सबै चिकित्सकको सिफारिसमा पसलमा राखिएका हुन् ।


 

नेपालमा उत्पादित र विभागमा दर्ता फुड सप्लिमेन्ट मात्र प्रेस्क्राइब गर्न पाइने विभागको भनाइ छ । तर, बिपी प्रतिष्ठानका चिकित्सकले भने नेपालमा प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको विभागले अनुगमनको क्रममा पाएको छ। ती फुड सप्लिमेन्टहरू अस्ट्रेलिया, भारत, बंगलादेशलगायत मुलुकबाट आयात गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा रोहित राईले लेखेका छन् ।