जोर्ते दुर्घटनाका मृतक सहित घाइते ७ जनाकै परिचय खुल्यो

✍ Admin    11 months ago

तानसेन गुल्मी सडक खण्ड अन्तर्गत जोर्तेमा भएको ट्रक दुर्घटनाका मृतकको सनाखत खुलेको छ । मुत्यु हुनेमा सत्यवती गाउँपालिका ५ ठुलोलुम्पेकका हिम बहादुर कुँवर रहेको प्रहरीले पुष्टी गरेको छ ।


रिब्दीकोट गाउँपालिका २ जोर्तेको ओरालोमा पाल्पाबाट रिडि जाँर्दै गरेको ना ४ ख १७०० र गुल्मीबाट बुटवल आँउदै गरेको लु १ ख ९२०२ नंम्बरको ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनाममा गुल्मीबाट बुटवाल आउँदै गरेको लु १ ख ९२०२ नंम्बरको ट्रक सडकबाट ४ सय मिटिर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही ट्रकमा सवार सत्यवती गाउँपालिका ५ का वर्ष ३५ का माधब भण्डारी,सोही स्थानकी वर्ष ३४ की कृष्णा कुमारी काउछा,वर्ष १५ की झरना काउछा, वर्ष २१ का सन्तोष सिंजापती चन्द्रकोट गाउँपालिका ८ का वर्ष १९ का विकास राना,सोही स्थानका बर्ष २७ का धन बहादुर राना र नवालपरासि बर्दघाट नगरपालिका ६ का वर्ष ३५ का राजकुमार न्यौपाने घाईते भएका  र घाइतेको मिसन अस्पताल तानसेनमा उपचार भईरहेको  सन्तोस पोख्रेलले  जानकारी गराउनु भयो ।