नौबिसेको जाममा एक यात्रुको ज्यान गयो

✍ प्रदिप ढकाल    1 year ago

नौबिसे-नागढुंगा सडकखण्डको जाममा फसेका एक यात्रुको ज्यान गएको छ।  जनकपुरबाट काठमाण्डौ आएका ३५ वर्षका रुपलाल साहको ज्यान गएको हो।


रौतहट गरुणा नगरपालिका ८ का साह ना ७ ख ५३६४ नम्बरको बसमा चढेर उपचारका लागि काठमाडौँ आउंदै थिए।  साह क्यान्सर पीडित भएको परिवारले जानकारी दिएको छ। अहिले प्रहरीले शव पोष्टमार्टमको लागि काठमाडौँ ल्याइरहेको छ ।