कक्षा ११ को परीक्षाफल आज प्रकाशन हुने

✍ प्रदिप ढकाल    12 months ago

काठमाडौं असोज ७: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज (मंगलबार) प्रकाशित गर्ने तयारी गरेको छ ।


परिक्षाफल प्रकाशिनका लागि अन्तिम तयारी भइसकेकाले मगलबार आज बिहान बैठक गर्ने र बेलुकासम्ममा नतिजा आउट गरिने बोर्डले जनाएको छ । बोर्डले सर्बै संकायका पक्षिफल एकैपटक प्रकाशन गर्ने तयारी गरेको छ । बिगतका बर्षहरुमा विज्ञान संकायको नतिजा केही समय अघि नै प्रकासित हुन्थ्यो भने अन्य संकायका नतिजा त्यसपछि मात्रै सार्वजनिक गरिन्थ्याे । गएको बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।