पाल्पामा जिप दुर्घटना हुँदा एककाे मृत्यु

✍ प्रदिप ढकाल    1 year ago

पाल्पामा शनिबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएकाे छ ।


घटनामा दुई जना घाइते भएका छन् । रैनादेवीछहरा गाउँपालिका-६ को अरखोर भन्ने ठाउँमा भएको दुर्घटनामा साेही गाउँपालिका-८ का ५० वर्षीय झैबहादुर रेश्मी मगरको मृत्यु भएकाे हाे । उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमामा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।प्रहरीका अनुसार सत्यवतीबाट केलाटारका लागि छुटेको ग २ च २७१७ नम्बरको जिप अनियन्त्रित भएर बाटोबाट झण्डै ५० मिटर तल खसेको थियो । चालकसहित घाइते २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको छ ।