गुल्मीको रुद्रावेणी–वामीटक्सार सडकखण्ड अबरुद्ध

✍ प्रदिप ढकाल    1 year ago

गुल्मी हिजो राति करिब ९ बजे देखि लगातार रुपमा माथिबाट खसिरहेको धुले पहिरोका कारण वामिटक्सार रुद्रबेणी सडकखण्ड अबरुद्ध जारी रहेको छ। पहिरो मजुवा र चोरकाटे बिचमा रहेको चिउरेनिको भिरमा झरिरहेको छ।


त्यसैगरी गुल्मीकै मुसीकोट नगरपालीका भुवाचिदी नजिक पहिरो जादा सडक अवरुद्ध भएको छ । पहिरोले मानविय क्षति नभएको तर भौतिक क्षति भएको त्यहाँका स्थानिय समाजसेवी / व्यवसायी  ज्ञानहरी सापकोटाले  जानकारी दिनुभयो । त्यसैगरी साना गाडीलाई बैकल्पिकमार्ग को विकल्प भएको पनि जानकारी दिनुभयो । पहिरो सम्बन्धि जानकारी मेयर सोमनाथ सापकोटा लगायत सम्बन्धित निकायलाई जानकारी गराएको र आज दिउसो सम्म खुलाउने प्रयास रहेको जानकारी गराउनु भयो ।

पलपल अनलाईनका लागि प्रदेश–५ का प्रमुख संवाददाता सन्तोस पोख्रेलSantosh.pkl ) जानकारी गराउनु भयो ।