हाम्राे बारेमा जानकारी


पलपल अनलाइन देश र जनताप्रति समर्पित छ । निस्वार्थ  नागरिक सेवाका लागि इच्छुक र राज्यलाई माया गर्ने हरेक बालबालिका, युवायुवती, वृद्धवृद्धाहरु बेहिचक याे सेवासित जाेडिन सक्नु हुनेछ ।  लेख, रचना र सिर्जनालाई पाठककाे लाइक, शेयर तथा सबस्क्राइबका अाधारमा अति उच्च मूल्याङ्कनमा परेकाे लेख, समाचार तथा सिर्जना पुरस्कृत गरिने छ ।

नागरिक  सचेतता, ज्ञान, शिक्षा, विज्ञान प्रविधि र सामाजिक जागरण नै पलपल अनलाइन सञ्चालनकाे मुख्य उद्देश्य हाे । यसर्थ नेपालभित्र तथा देशबाहिर रही हरपल नेपाल र नेपालीका बारेमा चिन्तन गर्ने र नेपालकाे हितसित सम्बद्ध सबै  तथ्यपरक घटना पठाउन अनुराेध छ ।

नेपाल तथा मानव जीवनसित सराेकारमा रहेका हरेक विश्वसिला समाचार, लेख, रचना र सिर्जनाहरुलाई उचित स्थान दिन हामी प्रतिवद्ध छाैँ । हामी तपाईहरुस‌‌‌‌ग जाेडिन चाहन्छाै । यसर्थ तपाई जहाँ हुनु हाेस् तर पलपल अनलाइनसँग जाेडिनु हाेस् भन्ने अाग्रह गर्दछाैँ ।

अाफ्नाे देश र मातृभूमिप्रतिकाे नागरिक कर्तव्य पालनामा पछाडि नपर्न तथा विश्वका जुनसुकै कुनामा बसेर पनि देशभक्त सचेत नागरिककाे धर्म निर्वाहमा सरिक हुन बाटाे खुलाएका छाैँ । पठाएका समाचार सिर्जना तथा लेखकाे वैधता र प्रमाणिकताकाे अाधारसमेत दिनु हाेला । हामी लेखक तथा समाचारदाताकाे परिचय सुरक्षित राखी समाचार प्रकाशित गर्ने छाैँ । इमान्दारिताकाे पालना गरी कुशल पत्रकार लेखक सर्जक र साहित्यकार बनेर

अब्बल नागरिक भूमिकामा उत्रिन सक्नुहाेस् र हामी र तपाईबीचकाे सम्बन्ध दरिलाे र दीगाे हुने अपेक्षा पनि हामीले गरेका छाैँ ।

धन्यवाद !

 

…………………………………………………..

 

Online Registration Details:

  • Company: Global Online Pvt. Ltd.
  • Editor: Biplob Pokhrel
  • Publisher: Sudarshan Sharma
  • Reg.: 1426/076-77